ad ad

ग्लोबल


बाइडेनले जेलेन्स्कीलाई जब पुटिन भने...

बाइडेनले जेलेन्स्कीलाई जब पुटिन भने...

जो बाइडेन र भोलोदिमिर जेलेन्स्की


रासस/एएफपी
असार २९, २०८१ शनिबार ६:४७, वासिङ्टन

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका रूपमा परिचय गराएका छन्। 

यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याए। राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रेनी नेता भएको बताए। 

दुई हप्ताअघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताबारे चिन्ता बढेको छ।

‘अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,’बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो–युक्रेन सम्झौताको घोषणामा भनेका थिए।

राष्ट्रपति बाइडेन तुरुन्तै भनाइ सच्याउँदै भने, ‘राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नुहुनेछ। म पुटिनलाई हराउनमा यति केन्द्रित छु। हामीले यसको चिन्ता गर्नुपर्छ।”

बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उक्त क्लिप प्रसारण गर्न थालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .