काठमाडौंको सुन्धाराबाट स्राृत नखुलेको ३८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने वर्ष ४८ को माधव श्रेष्ठ रहेका छन्।
सुन्धारामा अवैध रुपमा शंकास्पद कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सोधपुछ तथा खानतलासी गर्ने क्रममा उनीसँग सो रकम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ।
90
Shares
प्रतिक्रिया