ad ad

समाज


डाइमन्ड प्रिन्सेस क्रुजमै काम गर्थिन् जापानबाट उद्धार गरिएकी काठमाडौंकी अम्बिका

डाइमन्ड प्रिन्सेस क्रुजमै काम गर्थिन् जापानबाट उद्धार गरिएकी काठमाडौंकी अम्बिका

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ०:५१,

यात्रुमा कोरोना संक्रमण फैलिएपछि जापानको योकोहामा रोकिएको पानीजहाजबाट भारत सरकारले आफ्ना नागरिकसँगै उद्धार गरेको नेपाली काठमाडौंकी महिला भएको खुलेको छ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी काठमाडौं कपनकी अम्बिका बस्नेत हुन्। बस्नेत जहाजमा क्रु मेम्बरका रूपमा कार्यरत थिइन्।

जापानको टोकियो नजिकैको योकोहामा बन्दरगाहमा राखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा कोरोना संक्रमण फैलिएपछि भारत सरकारले बिहीबार आफ्ना ११९ नागरिकलाई उद्धार गरेर भारत ल्याएको छ।

त्यस क्रममा भारत सरकारले एक नेपालीसहित श्रीलंकाका २, नेपाल, दक्षिण अफ्रिका र पेरुका १/१ नागरिकलाई पनि उद्धार गरी सँगै भारत ल्याएको हो।

अहिले उनीहरूलाई हरियाणाको मनसेरास्थित क्वारेन्टाइनमा राखिएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका हरि ओडारीले उनीहरूसहित बस्नेत पनि १४ दिनका लागि क्वारेन्टाइनमै रहने बताएका छन्।

क्वारेन्टाइन अवधिमा दुईपटक स्वास्थ्य परीक्षण गरिने र उनमा कोरोनाभाइरस नरहेको पुष्टि भएपछि मात्र नेपाल पठाइने नेपाली दूतावासले जानकारी दिएको छ।

यद्यपि अहिलेसम्म बस्नेतको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी काठमाडौंको कपनस्थित परिवारसँग सम्पर्कमै रहेको जनाइएको छ।

कोरोना भाइरस संक्रमण फैलिएकाे  डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका आफ्ना नागरिक उद्धारका लागि भारत सरकारले बुधबार एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो।

१ सय २४ यात्रु लिएर भारतीय विमान बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको थियाे। 

याे पनि : 

कोरोना आशंकामा जापानबाट ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .