ad ad

छापा खबर


के पृथ्वीको आयु छोटिँदै छ? यसो भन्छन् वैज्ञानिक

के पृथ्वीको आयु छोटिँदै छ? यसो भन्छन् वैज्ञानिक

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १:१५,

वैज्ञानिक स्टेफन हकिन्सले दुई वर्षअघि पृथ्वीको आयुवारे भविष्यवाणी गरेका थिए।

अक्सफोर्ड युनिभर्सिटीमा आयोजित बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अब हजार वर्षमात्र टिक्ने दाबी मात्र गरेनन्, मानव बस्न योग्य अर्को ग्रह पत्ता लगउनुपर्ने आवश्यकता पनि औँल्याए।

उनले भने, ‘मानव भविष्यका लागि हामीले अन्तरिक्षमा जाने प्रयास जारी राख्नुपर्छ। अब यहाँ १ हजार वर्षभन्दा बढी जीवित रहन सक्ने छैनौँ।’

केही वर्षयता भएका ठूला ठूला विपत्तिले मानिसलाई पृथ्वीको आयुवारे सोच्न बाध्य बनाएको खबर आजको साप्ताहिकले छापेको छ।

करिब ४ दशमलब ५७ अर्व वर्ष पुरानो मानिएको यो ग्रहको आयु छोटिँदै गएकोमा वैज्ञानिकहरुले चासो राख्दै आएका छन्।

केही वर्षअघि नासाले अनुमान गरेको थियो-पृथ्वीको अन्त्य सूर्यबाट निस्कने ग्यासका कारण हुन्छ।

भौतिकशास्त्री ब्रायन कोक्सले उनको बीबीसी श्रृंखला ‘सूर्यको साम्राज्य’ को क्रममा यस्तै चेतावनी दिएका थिए।

पृथ्वीमा केही दशकयता भएका घटना तथा प्राकृतिक विपत्तिले मानव जीवनमा सन्त्रास सिर्जना गरेका छन्।

अस्ट्रेलियाको जंगलमा भएको भीषण आगलागी, जलवायु परिवर्तन, उल्का विस्फोट, अफ्रिकि प्लेट सोमालिया र नुबियानमा छुट्टिँदै जानु, केन्याको जमिनमा अकस्मात ठूलो चिरा पर्नुस्ता कारणले मानवमा सन्त्रास सिर्जना गर्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .