ad ad

समाज


इन्स्पेक्टरमाथि किर्ते मुद्दा चलाउन सर्वोच्चमा रिट

इन्स्पेक्टरमाथि किर्ते मुद्दा चलाउन सर्वोच्चमा रिट

नेपालखबर
असार १९, २०८१ बुधबार २२:५५, काठमाडौँ

नेपाल प्रहरीका एक निरीक्षकमाथि किर्ते मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। 

सर्लाहीको हरिवनमा एक महिलामाथि भएको कुटपिटसम्बन्धी मुद्दाको कागज किर्ते गरेको आरोप लागेका इन्स्पेक्टर भूपेन्द्र गिरीविरुद्ध मुद्दा चलाउन माग गरी रिट दायर भएको हो।

इलाका प्रहरी कार्यालय, हरिवन, सर्लाहीमा कार्यरत छँदा प्रहरी निरीक्षक भूपेन्द्र गिरीले चिकित्सकको प्रतिवेदन किर्ते गरी मुद्दा कमजोर बनाएको आरोप पीडित पक्षको आरोप छ।

गिरीविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता नगरेपछि सर्वोच्चमा रिट दायर गर्नुपरेको पीडित पक्षको तर्क छ।

पीडितका तर्फबाट हरिवनका जितबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय, मलंगवामा प्रत्यक्ष उपस्थित भएर दिएको जाहेरी दर्ता नभएपछि हुलाकमार्फत पनि पठाएका छन्। गृहमन्त्री रवि लामिछानेको सचिवालयसम्म पनि पीडितले उजुरी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .