ad ad

समाज


सिंहदरबारमा कृषि प्राविधिकहरूको धर्ना

सिंहदरबारमा कृषि प्राविधिकहरूको धर्ना

नेपालखबर
असार १९, २०८१ बुधबार १२:१५, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन्। अधिकृत स्तरका कर्मचारीहरुले बुधबार मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन्। 

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोधस्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ। 

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए।

‘हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो,’ उनले भने, ‘समायोजन गर्दा दरबन्दी भन्दा बढी समायोजन गर्‍यो। त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो।’

जोशीले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .