ad ad

समाज


नेपाली श्रमिकलाई इजरायल नपठाउन प्रधानमन्त्रीसँग आग्रह

नेपाली श्रमिकलाई इजरायल नपठाउन प्रधानमन्त्रीसँग आग्रह

हमाससँगको युद्धका कारण ध्वस्त इजरायल


नेपालखबर
असार १७, २०८१ सोमबार १९:५२, काठमाडौँ

६७३ नागरिक र संस्थाहरूले नेपाली श्रमिकलाई इजरायल नपठाउन अपिल गरेका छन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र पठाउँदै उनीहरूले नेपाली नागरिकलाई जोखिममा पार्ने गरी कामदारका रूपमा युद्धरत इजरायलमा पठाउन नेपाल सरकारद्वारा आवेदन आह्वान गरिएको भन्दै रद्द गर्न माग गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बोधार्थ दिइएको सो पत्रमा इजरायललाई ‘मानवताका मापदण्ड उल्लंघन तथा संयुक्त राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलनाकर्ता’को रुपमा उल्लेख गरिएको छ।

साथै, २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउन परेको स्मरण गराईको छ।

यस्तो छ अपिल :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .