ad ad

राजनीति


ओलीको सचिवालयले भन्यो– मन्त्रीहरूलाई बालकोट बोलाइएको छैन

ओलीको सचिवालयले भन्यो– मन्त्रीहरूलाई बालकोट बोलाइएको छैन

नेपालखबर
असार १७, २०८१ सोमबार १९:५५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले पार्टीका मन्त्रीहरूलाई निजी निवास बालकोट बोलाइएको खबरमा सत्यता नभएको बताएको छ। 

सोमबार दिउँसो मन्त्रीहरूलाई साँझ छलफलका लागि बोलाइएको भन्ने समाचार बाहिरिएको भन्दै उनको सचिवालयले खण्डन गरेको हो। 

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ,’ सचिवालयले भनेको छ, ‘तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’

यद्यपि, सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भने बालकोट पुगिसकेका छन्।

अहिले उपप्रधानमन्त्री समेत रहेका महासेठसँग ओलीले वार्ता गरिरहेका छन्। महासेठकै नेतृत्वमा ओलीले प्रचण्ड सरकारमा आफ्ना मन्त्रीहरू पठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .