ad ad

समाज


घुस दिएर बयान फेर्ने साक्षीविरूद्ध अख्तियारको मुद्दा

घुस दिएर बयान फेर्ने साक्षीविरूद्ध अख्तियारको मुद्दा

नेपालखबर
असार १६, २०८१ आइतबार १५:३९, काठमाडौँ

घुस मुद्दाका एक सरकारी साक्षीले अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिनै साक्षीविरूद्ध मुद्दा चलाएको छ। 

नेपालगञ्ज सब-डिभिजन वन कार्यालय, राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेविरूद्धको घुस मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका मकरध्वज पाण्डेले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी अदालतमा वकपत्र गरेपछि भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ।

बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डेले काठ चिरानको सिफारिसवापत ७ हजार रुपैयाँ नारायण पार्धेलाई घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गरी मुद्दा चलाएको थियो। त्यतिखेर अनुसन्धानमा सघाएको भनेर अख्तियारले पाण्डेलाई मुद्दाबाट जोगाएको थियो। तर, अदालतमा अभियुक्त पार्धेसँगै मिलेर प्रतिकूल वकपत्र गरेको आरोपमा अहिले अख्तियारले पाण्डेविरूद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .