ad ad

समाज


बीएन्डबी अस्पतालले पहिलोपटक गर्‍यो रोबोट प्रविधिबाट अपरेसन

बीएन्डबी अस्पतालले पहिलोपटक गर्‍यो रोबोट प्रविधिबाट अपरेसन

नेपालखबर
असार १६, २०८१ आइतबार १२:२०, काठमाडौँ

ललितपुरस्थित बीएन्डबी अस्पतालले पहिलोपटक राेबोट प्रविधिबाट शल्यक्रिया गरेको छ। 

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले रोबोटबाट ३ जना महिलाको एकैदिन शल्यक्रिया गरेको अस्पतालले जानकारी दिएको छ।

बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यले यो नेपालमै पहिलोपटक रोबोटमार्फत गरिएको शल्यक्रिया भएको दाबी गरेका छन्।

ल्याप्रोस्कोपिक सर्जन तथा आईभीएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिस्ट र ३४ वर्षकी महिलाको पाठेघरको ट्युमर निकालेको उनले जानकारी दिए। 

रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिकी थिइन्।

रोबोटिक सर्जरीपछि तीनैजना महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

पहिलोपटक रोबोटिक सर्जरी गरेकी डा. शर्माले यसलाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भनेकी छन्।

उनले भनिन्, ‘यो मेरो करिअरको महत्त्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोसेढुंगा हो। त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो।’

रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्र नभई अन्य रोगमा पनि प्रयोगमा ल्याइने जानकारी सहायक निर्देशक डा. वैद्यले बताए। 

शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोग चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माको भनाइ छ। 

उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ।

यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणाममा सुधार ल्याउने उनको भनाइ छ। रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न।

३८० डिग्रीमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकहरू बिरामीबाट संक्रमित हुने जोखिम पूरै हट्ने डा. शर्मा दाबी गर्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .