ad ad

समाज


गत २४ घण्टामा देशका यी ६ स्थानमा ‘धेरै भारी वर्षा’

गत २४ घण्टामा देशका यी ६ स्थानमा ‘धेरै भारी वर्षा’

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार १६, २०८१ आइतबार ८:२०, काठमाडौँ

गत २४ घण्टामा देशका ६ स्थानमा ‘धेरै भारी वर्षा’ भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ८ बजे उपलब्ध गराएको विवरणअनुसार बाँकेका २, दाङका २ र बाराका २ स्थानमा धेरै भारी वर्षा भएको हो। 

जसअनुसार दाङको गंगडीमा १६६.२ मिलिमिटर, दाङकै अम्बापुरमा १५३.२ मिलिमिटर, बाँकेको सिक्टामा १४२ मिलिमिटर तथा बाँकेकै पश्चिम राप्तिमा १४१.८ मिलिमिटर वर्षा भएको छ। 

यसैगरी बाराको कोल्भीमा ११३.६ मिलिमिटर र बाराकै कलैयामा ११३ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको तथ्यांकमा उल्लेख छ। 
यसबोहक देशका धेरै स्थानमा हल्का, मध्यम र भारी वर्षा भएको छ। 

हेर्नुहोस् पछिल्लो २४ घण्टामा भएको वर्षाको विवरण-

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षा हुनुलाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

यो पनिआज यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .