ad ad

समाज


कतारबाट लगाएर ल्याएको सुनका सिक्री संकलन गरिरहेको अवस्थामा विमानस्थलबाट ३ जना पक्राउ

कतारबाट लगाएर ल्याएको सुनका सिक्री संकलन गरिरहेको अवस्थामा विमानस्थलबाट ३ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८१ शुक्रबार १४:४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित कतारबाट आएका तीनजना पक्राउ परेका छन्। 

भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुनका सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका १६ घर भएका ३३ वर्षीय अशोक पासवान, धनुषाको सबैला नगरपालिका १३ का ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौँको तारकेश्वर नगरपालिका९२ की २४ वर्षीया आसिका केसी रहेका छन्। 

कतार एयरलाइन्सको उडानमा कतारबाट काठमाडौँ आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .