ad ad

समाज


लुम्बिनीमा मात्रै ४९ हजार बढी विद्यार्थी ‘ननग्रेड’, कुन प्रदेशमा कति? (सूचीसहित)

लुम्बिनीमा मात्रै ४९ हजार बढी विद्यार्थी ‘ननग्रेड’, कुन प्रदेशमा कति? (सूचीसहित)

एसईई नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा (तस्बिर : सरोज बैजु)


नेपालखबर
असार १३, २०८१ बिहिबार ११:५१, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। 

परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार, १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। बिहीबार एसईई नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेको जानकारी गराए।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्।

ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ।

ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् भने त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।

३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको शर्माले जानकारी गराए।

त्यस्तै, सबैभन्दा बढी लुम्बिनी प्रदेशका विद्यार्थीले ‘ननग्रेड’ ल्याएका छन्। लुम्बिनीका ८० हजार ३ सय २७ जना विद्यार्थीमध्ये ४९ हजार २ सय २४ जना ननग्रेडमा परेका हुन्।

प्रदेश १ मा ३९ हजार ८ सय ९५ जना, मधेश प्रदेशमा ४२ हजार २ सय ८६ जना, बागमती प्रदेशमा ३३ हजार ८ सय ४३ जना, गण्डकी प्रदेशमा २० हजार २ सय ७५ कर्णाली प्रदेशमा २० हजार ३ सय ८० र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४ सय १० जना ननग्रेडमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .