ad ad

ग्लोबल


भीषण वर्षाका कारण दिल्ली विमानस्थलको छत खस्यो, ६ जना घाइते

भीषण वर्षाका कारण दिल्ली विमानस्थलको छत खस्यो, ६ जना घाइते

दिल्ली एयरपोर्टको टर्मिनल १ मा छानाको एक भाग भत्किएको छ। तस्बिर : एएनआई


नेपालखबर
असार १४, २०८१ शुक्रबार ९:४९, काठमाडौँ

भारतको दिल्लीमा शुक्रबार (आज) बिहानै भएको भीषण वर्षाका कारण त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन्। यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो, जसमा केही मानिस थिए।

हेर्नुहोस् घटनास्थलको भिडिओ-

घटनाबारे जानकारी पाएपछि दिल्ली फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए। घरको छतबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।

हेर्नुहोस् तस्बिर-

दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहानैदेखि भइरहेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विङको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो। केही घाइते भएका छन्। सबै घाइतेलाई आकस्मिक उपचारका लागि आवश्यक सहयोग र चिकित्सा सेवा उपलब्ध गराइँदै छ।’

उनका अनुसार यस घटनाका कारण टर्मिनल १ बाट सबै उडान अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका लागि चेक इन काउन्टर बन्द गरिएका छन्। 

भारतीय मौसम विभागले दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने जानकारी दिएको छ।

दिल्ली-एनसीआरमा पस्यो मनसुन, तीव्र हावाका साथ भारी वर्षा सुरु (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .