ad ad

ग्लोबल


दिल्ली विमानस्थलको छत खस्दा ज्यान गुमाएकाको परिवारलाई २० लाख दिने घोषणा

दिल्ली विमानस्थलको छत खस्दा ज्यान गुमाएकाको परिवारलाई २० लाख दिने घोषणा

भारी वर्षाका कारण शुक्रबार बिहान खसेको दिल्ली विमानस्थलको छत। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
असार १४, २०८१ शुक्रबार १३:५४, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एउटा ठूलो दुर्घटना भएको छ।

भारी वर्षाका कारण विमानस्थलको टर्मिनल–१ को छत भत्किएर खस्दा १ जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन्। 

घटनापछि नागरिक उड्डयन मन्त्री के राममोहन नायडुले घटनास्थलन निरीक्षण गरेका छन्। यस क्रममा उनले घटनाको छानबिन गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्। 

उनका अनुसार विस्तृत अनुसन्धानपछि मात्र टर्मिनल–१ बाट पुनः उडान सुरु हुनेछ। उडान सञ्चालनका लागि हाल टर्मिनल–२ र टर्मिनल–३ मा व्यवस्था मिलाइएको छ।

यसैबीच मन्त्री नायडुले मृतकका परिवारलाई २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

यस्तै घाइतेलाई जनही तीन लाख रुपैयाँ सहयोग दिने उनले बताएका छन्।

दुर्घटना भएको ठाउँ सन् २००९ मा बनेको नागरिक उड्डयन मन्त्री नायडुले बताए।

दुर्घटना बिहान सबेरै 
भारतीय सञ्चारमाध्यमका अनुसार बिहान ५ बजेतिर भएको भारी वर्षाका कारण दिल्ली विमानस्थलको टर्मिनल-१ बाहिर डिपार्चर गेट नम्बर १ देखि गेट नम्बर २ सम्मको सेड खसेर करिब चार सवारीसाधनमा खसेको हो।

जसमा परी ट्याक्सी चालक मुन्ना यादवको मृत्यु भएको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। 

टर्मिनल–१ बाट उडान बन्द

अब अर्को सूचना नभएसम्मका लागि टर्मिनल–१ बाट आउने र जाने उडान बन्द गरिएको छ। 

घटनाको प्राविधिक कारण र अन्य पक्ष छानबिनपछि थाहा हुने मन्त्री नायडुको भनाइ छ। एयरपोर्ट अपरेटर डायलले संरचना जाँच गर्नेछ।

उनले देशभरका विमानस्थलमा रहेका सबै समान संरचनाको राम्रोसँग निरीक्षण गरिने पनि बताए। 

हेर्नुहोस् दुर्घटनास्थलको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .