ad ad

समाज


नेपाल टेलिकमको आईभीआर, एसएमएस वा वेबसाइटबाट यसरी हेर्न सकिन्छ एसईईको नतिजा

नेपाल टेलिकमको आईभीआर, एसएमएस वा वेबसाइटबाट यसरी हेर्न सकिन्छ एसईईको नतिजा

नेपालखबर
असार १२, २०८१ बुधबार ७:४५, काठमाडौँ

यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ।

चाँडोमा आजै (बुधबार) दिउँसोसम्म, ढिलोमा भोलि (बिहीबार) सबेरै एसईई परीक्षाको नतिजा सार्वजनिक भइसक्ने परीक्षा नियन्त्रण कार्यालय स्रोतले जनाएको छ। 

गएको चैतको अन्तिम सातासम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएका थिए। 

नेपाल टेलिकमले आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट नतिजा थाहा पाउन सकिने जानकारी दिएको छ।

टेलिकमले बुधबार बिहान सूचना जारी गर्दै नेपाल टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसार गर्दा नतिजा प्राप्त हुने जनाएको छ। 

त्यसैगरी मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाइने छ। त्यस्तै नेपाल टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा पाप्त गर्न सकिने टेलिकमले जनाएको छ। 
हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .