ad ad

समाज


मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते

नेपालखबर
असार ११, २०८१ मंगलबार २२:०, हेटाैँडा

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते भएका छन्। मंगलबार (आज) दिउँसो ३ बजेतिर चट्याङ लागेर विद्यालयबाट घर फर्कंदै गरेकी १५ वर्षीय बालिका घाइते भएकी छिन्।

जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानी स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत कविता थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जनाकारी दिए।

उनको अवस्था मध्यम रहेको र मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस्तै, आज दिउँसो ३ः३० बजेतिरको समयमा चट्याङ लागेर राक्सिराङ गाउँपालिका ४ का ३५ वर्षीय टीकाराम मोक्तान घाइते भएका छन्।

बाटोमा हिँडिरहेको बेला एक्कासी चट्याङ लागेर मोक्तान घाइते भएको प्रहरीले जनाएको छ। घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङ लगिएकोमा बायाँ गोडा नचल्ने अवस्था रहेको तर बोल्न भने सक्ने प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .