ad ad

समाज


माइतीघर मण्डलाको पोलबाट हाम फाल्न खोजेकी महिलाको उद्धार

माइतीघर मण्डलाको पोलबाट हाम फाल्न खोजेकी महिलाको उद्धार

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार ११, २०८१ मंगलबार १५:२, काठमाडौँ

माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ। मंगलबार दिउँसो उनी माइतीघर मण्डलामा रहेको झण्डा राखिएको पोलमा आत्महत्या गर्ने भन्दै उक्लिएकी थिइन्। 

उनलाई त्यहाँबाट प्रहरीले उद्धार गरिसकेको काठमाडौँ परिसरका प्रवक्ता एसपी नजराज अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

एसपी अधिकारीका अनुसार, अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ। आफ्नै पूर्वश्रीमान्‌बाट बलात्कारमा परेको भन्दै उनले सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा दायर गरेकी थिइन्। 

सो मुद्दामा गत जेठ २८ गते न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको थियो। 

गत माघ २ गते सर्वोच्च अदालतअगाडि उनले आत्मदाह प्रयास गरेकी थिइन्। 

त्यस्तै, गत चैत २१ गते उनले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .