ad ad

समाज


राति सातै प्रदेशमा पानी पर्ने, तीनवटामा भारी वर्षाको सम्भावना

राति सातै प्रदेशमा पानी पर्ने, तीनवटामा भारी वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार ९, २०८१ आइतबार १९:१७, काठमाडौँ

हाल (आइतबार साँझ) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा देशका बाँकी स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा (लगभग आकाश खुला) छ। कोसी, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। 

यस क्रममा राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच राति बागमती प्रदेशको काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले राति भन्नाले आज आइतबार साँझ ६ बजेदेखि भाेलि सोमबार बिहान ६ बजेसम्मको अविधिलाई मानेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .