विश्व योग दिवस-२०२४ को अवसरमा सरकारले आज भक्तपुरमा योग ध्यानसहितको विशेष कार्यक्रम गरेको छ।
कार्यक्रममा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री सुमना श्रेष्ठ, सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्तासहितले सामूहिक रुपमा योग ध्यान गरेका छन्।
योग दिवस मनाउन सरकारले शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो।
योगाभ्यासअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो।
हेर्नुहोस् तस्बिर
63
Shares
प्रतिक्रिया