ad ad

समाज


ब्लुबुक किर्ते गर्ने गिरोह काठमाडौँमा सक्रिय, प्रहरीले गर्‍यो यस्तो आग्रह

ब्लुबुक किर्ते गर्ने गिरोह काठमाडौँमा सक्रिय, प्रहरीले गर्‍यो यस्तो आग्रह

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८१ बिहिबार ११:१५, काठमाडौँ

नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा किर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाएको छ। प्रहरीले अपरिचितलाई ब्लुबुक नदिन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ। 

वास्तविक सवारी धनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो। 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो।

हालै ब्लुबुक किर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए।
 
अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा किर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका प्रहरलिे जनाएको छ। 

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान किर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .