ad ad

समाज


सूचना माग्दा हिरासत पुर्‍याइएकाहरूबारे मानव अधिकार आयोगले अध्ययन गर्ने

सूचना माग्दा हिरासत पुर्‍याइएकाहरूबारे मानव अधिकार आयोगले अध्ययन गर्ने

नेपालखबर
असार ५, २०८१ बुधबार २१:२३, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा.सूर्य ढुंगेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताएका छन्।
 

सूचनाको हकका लागि राष्ट्रिय महासंघले बुधबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले सूचनाको अधिकार पनि मानव अधिकारकै अंग भएको र यो हक संविधानमा मौलिक हकका रुपमा सुरक्षित गरिएकाले नेपाली नागरिकले यसको प्रयोग गर्न सक्ने बताए। 

अनियमितता र बेथिति भएको विषयमा सूचना मागेकै कारण स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा सूचनाको हकका अभियानकर्मीलाई पक्राउ गरी झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै महासंघका अध्यक्ष उमीद बागचन्द नेतृत्वको समूहले आज आयोग पुगेर कार्यवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो। 

ध्यानाकर्षण पत्र बुझाउन महासंघका सचिवद्वय प्रेमभक्त रेग्मी र पूर्णप्रसाद मिश्र एवं परियोजना अधिकृत सरस्वती पौडेललगायतको समूह आयोगको केन्द्रीय कार्यालय हरिहरभवन पुगेको थियो। 

प्रहरी वृत्त बौद्धले सोमबार महासंघ जिल्ला कार्य समिति काठमाडौंका सदस्य अश्मिता खत्री, महासंघ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेमप्रसाद श्रेष्ठलाई सूचना माग गरेकै कारण पक्राउ गरेको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .