ad ad

समाज


ललितपुर महानगरले मेलम्चीको विकल्प खोज्ने, सिस्नेरी खोलाको पानी ल्याउने

ललितपुर महानगरले मेलम्चीको विकल्प खोज्ने, सिस्नेरी खोलाको पानी ल्याउने

नेपालखबर
असार ५, २०८१ बुधबार २०:५०, काठमाडौँ

ललितपुर महानगरपालिकाले मेलम्ची खानेपानीको विकल्प खोज्ने भएको छ। बुधवार ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम उक्त विषय समेटेको हो।

मेलम्चीको विकल्पमा ललितपुर महानगरले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने योजना नीति तथा कार्यक्रमार्फत अघि सारेको हो। 

‘खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ,’ यसबारे मेयर  चिरीबाबु महर्जनले भने, ‘मेलम्चीको विकल्प पनि खोज्नुपर्छ। त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको छ। सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।’

नीति तथा कार्यक्रममा रहेका अन्य विषयबारे मेयर मर्हजनले भनेः
ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेका छौं। शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरेका छौं। 

स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिरहेका छौं। सम्पदामा कसैले आच पुग्ने गरी काम गर्न पाइदैन। वातावरणको क्षेत्रमा पनि कायपल्ट हुनेगरी काम गर्ने गरी नीति ल्याएका छौं। ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगौचाहरुको विकास गर्ने नीति लिएका छौं। 

डेंगुको भ्याक्सिन ल्याउने कोसिस गरेका छौं। महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने योजना बनाएका छौं। चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएका छौं। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .