आज बिहानदेखि अवरुद्ध सिन्धुलीको मध्यपहाडी लोकमार्ग खण्डमा एकतर्फी गाडी गुड्न थालेका छन्।
पहिरो खस्दा सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा सडक अवरुद्ध भएको थियो।
गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य भइरहेको छ। रासस
12
Shares

प्रतिक्रिया