इरानका उप–स्वास्थ्यमन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
उप–स्वास्थ्यमन्त्री इराज हरिर्ची कोरोनाबाट संक्रमित बनेको एएफपीले जनाएको छ।
मंगलबार बिहानसम्मको तथ्यांकअनुसार इरानमा हालसम्म ९५ जना कोरोनाबाट संक्रमित बनेका छन्। इरानी स्वास्थ्यमन्त्रालयका अनुसार त्यहाँ १५ जनाको मृत्यु भइसकेको छ।
सोमबार इरानको कोम शहरका एक सांसदले इरानमा कोरोनाका कारण मृतकको संख्या ५० पुगेको दाबी गर्दै सरकारले उक्त तथ्यांक लुकाएको आरोप लगाएका थिए।
उनले कोरोनाको उपचार निकै फिताले भएको गुनासो गरिरहँदा इरानको स्वास्थ्य मन्त्रालयले भने उक्र दाबी झुठो भएको बताएको थियो।
3
Shares
प्रतिक्रिया