ad ad

समाज


रुवी खानसँग वार्ता गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति

रुवी खानसँग वार्ता गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार २१:४, काठमाडौँ

आन्दोलनरत रुवि खानसँग वार्ता गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ।

समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने रहेका छन्।

खानसँग टेलिफोनमा कुराकानी गरेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले वार्ता समिति गठन गरेका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज खानसँग भेटघाट गरेका थिए। समितिले खानसँग सम्पर्क गरी भोलि नै वार्ता गर्ने तयारी गरेको छ।

२०७६ चैतमा शंकास्पद मृत्यु भएको बाँकेकी निर्मला कुर्मीको घटनामा सरकारले सत्यतथ्य छानबिन नगरेको उनीहरूको आरोप छ।

उनको न्यायका लागि खान लगायतका अभियन्ताहरूले धर्ना दिँदै आएका छन्। त्यस्तै उनीहरूले सुमदरानी थारूको बलात्कारपछि हत्या आरोपितलाई कारबाहीको पनि माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .