झुटो विवरण पेस गरी अंगीकृत नागरीकता लिन खोज्ने तीन भारतीय पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत घर भई हाल काठमाडौं महानगर वडा न. १४ मा व्यापार व्यवसायी गरि बस्ने ५१ वर्षका हरियोम गुप्ता भन्ने हरिओम कुमार तथा उनका दुई छोराहरु २० का ऋषि गुप्ता र १८ का हर्ष गुप्ता रहेको प्रहरीले जनाएको छ।
हर्ष गुप्ता र ऋषि गुप्ता द्वयले आफ्ना बुबालाई बेपत्ता भएको बनाई वंशजको नाताले नागरीकता ऐन २०६३ अनुसार अंगीकृत नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए।
प्रहरीले उनीहरुमाथि नागरीकता ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया