ad ad

समाज


सिंहदरबारभित्रै बाल श्रमिक, महानगरद्वारा विभिन्न क्यान्टिनबाट ४ जनाको उद्धार

सिंहदरबारभित्रै बाल श्रमिक, महानगरद्वारा विभिन्न क्यान्टिनबाट ४ जनाको उद्धार

देशको प्रमुख प्रशासकीय मुकाम सिंहदरबार। फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १८:७, काठमाडौँ

सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो। तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुनविपरीत बाल श्रमिकको उपयोग भइरहेको पाइएको छ।

काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका ४ बाल श्रमिकको उद्धार गरेको छ।

केही दिनअघि एक सांसदको घरबाट श्रम शोषणमा परेकी एक बालिकाको उद्धार गरेको थियो। ती बालिकाले आफूलाई विभिन्न प्रकारका यातना पनि दिएको बताएकी छन्। 

बाल श्रमिकको प्रयोग भइरहेको सूचनाका आधारमा महानगरले निर्माण क्षेत्रमा पनि अनुगमन बढाएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।

आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .