ad ad

समाज


सहकारी पीडितको पक्षमा दुर्गा प्रसाईंका समर्थक सडकमा (तस्बिर)

सहकारी पीडितको पक्षमा दुर्गा प्रसाईंका समर्थक सडकमा (तस्बिर)

सरोज नेपाल
जेठ ३०, २०८१ बुधबार १७:०, काठमाडौँ

सामाजिक अभियन्ता दुर्गा प्रसाईंका समर्थक सहकारी बचतकर्तालाई न्याय माग्दै सडकमा ओर्लिएका छन्।

बुधबार हात–हातमा राष्ट्रिय झण्डा बोकेर उनका समर्थकले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान २०७९ को ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरूले सहकारी बचतकर्ताको रकम फिर्ता हुनुपर्ने, सहकारीको रकम हिनामिना गर्नेमाथि कारबाही गर्नुपर्ने, लघुवित्त तथा वित्तिय संस्थाबाट पीडित बनेकाहरूलाई न्याय दिनुपर्ने लगायत माग राखेका थिए।

नाचगानसहित प्रदर्शनमा उत्रिएका उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध समेत नाराबाजी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .