ad ad

समाज


कपिलवस्तुमा बसले ठक्कर दिँदा पिकअप भ्यानका चालकको घटनास्थलमै मृत्यु, ८ जना घाइते

कपिलवस्तुमा बसले ठक्कर दिँदा पिकअप भ्यानका चालकको घटनास्थलमै मृत्यु, ८ जना घाइते

नेपालखबर
जेठ २९, २०८१ मंगलबार ८:१८, काठमाडौँ

कपिलवस्तुमा आज बिहान बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीका अनुसार बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएका हुन्।

‘दुर्घटनामा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको छ,’ शाहीले नेपालखबरसँग भने, ‘दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।’

बसले ठक्कर दिँदा पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। उद्धारमा ढिलाई हुँदा उनको मृत्यु भएको हो। 

घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .