ad ad

समाज


काठमाडौँको सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु

काठमाडौँको सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु

नेपालखबर
फागुन १३, २०७६ मंगलबार २:१,

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिकाले २९ मंसिरबाट शुरु गरेको अभियानमा हालसम्म ७ सय ४९ को उद्धार गरिएको छ। तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

‘६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरेका हौँ,’ उनले भने, ‘उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो। पैँतालीस जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। ७० जनाको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातको मृत्यु भएको छ।’

काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित मानवमुक्त बनाउन गठित मूल समितिको संयोजक शाक्य छन्।

उनले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सवालमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाइने बताए।

‘यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार छ,’ शाक्यले भने, ‘बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न हामी सबैसँग आग्रह गर्छौं।’

उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्।

तीमध्ये पनि रक्सी र लागुऔषधको प्रयोगकर्ता धेरै भएका महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .