ad ad

छापा खबर


टाउको दुख्छ? यी हुन सक्छन् कारण

टाउको दुख्छ? यी हुन सक्छन् कारण

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १:४१,

मौसम परिवर्तन हुँदा मानिसमा टाउको दुख्ने समस्या पनि बढ्न सक्छ। यसका लागि उपचारमा ख्याल गरिहाल्नुपर्छ।

समस्या सामान्य हो भन्दै हामी उपचार गर्न जाँदैनौँ। केही समयमै सञ्चो हुन्छ अथवा केही दिनमा ठिक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल गर्दैनौँ।

तर, समस्या देखिएमा तत्काल उपचार गर्न आवश्यक छ। यो जानकारीसहितको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

टाउको दुख्ने विभिन्न कारण हुनसक्छ। चिकित्सकको सल्लाहबमोजिम उपचार प्रक्रिया अघि बढाउनुपर्छ।

कहिलेकाहीँ आँखाको पावरमा उतार चढाव आउँदा पनि टाउको दुख्न सक्छ।

टाउको दुख्ने समस्या विस्तारै बढ्दै गयो भने माइग्रेनको लक्षण पनि हुन सक्छ।

कहिलेकाहीँ खालीपेट बस्दा पनि टाउको दुख्न सक्छ। खानपानमा निकै संयमित हुनुपर्छ।

अत्यधिक टाउको दुखेका बेला राति दूध पिउने हो भने दुख्न केही कम हुन्छ।

टाउको दुख्न थाल्यो भने चिसो पानीले आफ्नो मुख र टाउको धुन सकिन्छ।

निरन्तर टाउको दुखेमा चिकित्सकको सल्लाहबमोजिम उपचार प्रक्रिया अघि बढाउनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .