ad ad

कला


ज्योति मगर नाच्दा महेन्द्रनगर महोत्सवमा तनाव, ५ जना पक्राउ

ज्योति मगर नाच्दा महेन्द्रनगर महोत्सवमा तनाव, ५ जना पक्राउ

गोकुल जोशी
फागुन १२, २०७६ सोमबार १५:५९,

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ बाट ५ जना पक्राउ परेका छन्।

कलाकार ज्याेति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुकाे समूहले हाेहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपकाे स्थिती आएकाे थियाे।

सोमवार चर्चित गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति रहेको थियो। ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको हो। उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेकाे छ। त्यसक्रममा केही युवा घाइते भएका छन्।

झडपमा तीन प्रहरीसमेत घाइते भएका प्रहरीले जनाएकाे छ।

महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए। ‘महोत्सव बिथोल्न खोज्ने ५ जनालाई नियन्त्रणमा लिएका छौँ।’ उनले नेपालखबरसँग भने, ‘उनीहरुमाथि अनुसन्धान भइरहेको छ।’ पक्राउ पर्नेमा भुवन विष्ट, २२ वर्षीय महेन्द्र बुढा, २१ वर्षीय दिलिप विष्ट, २३ वर्षीय अभिसेक खड्का र २४ वर्षीय भुवन विष्ट छन्।

85166281_637161677101536_27436886742007808_n_1.jpg

महोत्सवको स्टेज अगाडि निर्माण भएको काठको पर्खालमा समेत युवाहरुको समूहले क्षति पु-याएको छ। युवाहरुको समूह मेला सचिवालय रहेको स्टिलमा समेत पुगेको थियो। 

 झडप पछि महोत्सवको माहोल अशान्त बनेको थियो। त्यस बेला महोत्सव केही समयका लागि अवरुद्ध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .