ad ad

समाज


न्युयोर्कबाट फर्काइए महासेनानी मल्ल, सैनिक हिरासतमा अनुसन्धान सुरु

न्युयोर्कबाट फर्काइए महासेनानी मल्ल, सैनिक हिरासतमा अनुसन्धान सुरु

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ११:१८, काठमाडौँ

नेपाली सेनाले न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा कार्यरत महासेनानी दिरेन्द्रकुमार मल्ललाई नेपाल फर्काएर अनुसन्धान थालेको छ। नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई केही दिनअघि नेपाल झिकाएर अनुसन्धान थालिएको हो। 

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले मल्ललाई अहिले सैनिक हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी नेपालखबरलाई दिए। मल्लमाथि केही बिषयमा अनुसन्धान गर्नु पर्ने भएकाले नेपाल झिकाइएको प्रवक्ता केसीले बताए। 

मल्ल चार महिनाअघि मात्रै सैनिक सल्लाहकारका रुपमा न्यूयोर्क पुगेका थिए। स्रोतका अनुसार उनको नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतमा कैफियत देखिएपछि नेपाल झिकाएर अनुसन्धान थालिएको हो। 

प्रवक्ता केसीले भने अहिले विभिन्न विषयमा मल्लमाथि अनुसन्धान भइरहेकाले त्यो सकिएपछि मात्रै आधिकारिकरुपमा सार्वजनिक गर्ने बताए।

आफ्ना सैनिक अधिकारीहरुमाथि प्रश्न उठेमा नेपाली सेनाको सैनिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गर्छ र त्यसलाई सैनिक अदालतमा पेश गरिन्छ। सैनिक अदालतमा बहस भएपछि दोषी भएको या निर्दोष रहेको फैसला हुन्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .