ad ad

समाज


थानकोट-चन्द्रागिरि-चित्लाङ सडक एक महिनाका लागि बन्द हुने

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक एक महिनाका लागि बन्द हुने

फाइल फोटो


नेपालखबर
जेठ २४, २०८१ बिहिबार २१:८, काठमाडौँ

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाको लागि बन्द हुने भएको छ।

उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए।

यो सडकखण्ड मर्मत गर्न रु तीन करोड ९३ लाखमा ठेक्का लागेको छ। उनले सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरुपमा सडक बन्द गरिने बताए। थानकोट चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो।

ग्रेड उच्च रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ गर्ने, उकालो कम गर्नेलगायत काम गरिने इन्जिनियर श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले थानकोट–चन्द्रागिरी–चित्लाङ सडकको विकल्पमा फाखेल–सिस्नेरी–कान्तिराजपथ–त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .