ad ad

खेल


युएईसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

युएईसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

नेपालखबर
जेठ २४, २०८१ बिहिबार २१:२९, काठमाडौँ

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गत संयुक्त अरब इमिरेन्टस् (युएई) विरुद्धको दोस्रो लेगका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल पौने १० बजे सुरु हुनेछ।

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण तथष्ट भुमिका रुपमा साउदीमा खेल्न लागेको हो।

यूएईसँगको पहिलो लेगमा ४–० ले पराजित भएको नेपाल दोस्रो लेगमा सुखद नतिजाको अपेक्षामा मैदान उत्रँदैछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले किरण कुमार लिम्बुको कप्तानीमा टोली घोषणा गरेका छन्।

छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ।

विश्वकप छनोटको समूह एच मा रहेको नेपालले समुह चरणका चारै खेलमा हार भोगेको छ। नेपालले युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।

बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।

नेपाली टोलीः
गोलरक्षकः किरण कुमार लिम्बुु,
डिफेन्डरः अनन्त तामाङ, विशाल बस्नेत, रोहित चन्द, सौभाग्य राई
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनिष डाँगी, वसन्त जिम्बा,
फरवार्डः जिलेस्पीजंग कार्की, सन्जिव विष्ट,
वैकल्पिक खेलाडीः अविशेक बराल, विमल पाण्डे, छिरिङ लामा, मनिकुमार लामा, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक लिम्बु, आशिक बाबु चौधरी, हिसुब थपलिया, आयुष घलान, सनिष श्रेष्ठ, विशाल सुनार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .