ad ad

समाज


दक्षिणकालीमा मोटरसाइकल भिरबाट खस्दा मृत्यु भएका पुरुष-युवतीको सनाखत

दक्षिणकालीमा मोटरसाइकल भिरबाट खस्दा मृत्यु भएका पुरुष-युवतीको सनाखत

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १०:२५, काठमाडौँ

काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा-युवती (महिला र पुरुष)को सनाखत भएको छ। 

बुधबार साँझ दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको थियो। 

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत भेटिएका पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका- ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल हुन्। त्यसैगरी युवती चाँगुनारायण नगरपालिका- ५ भक्तपुरकी ३२ वर्षीया सविना राई हुन्। 

बुधबार दिउँसो दक्षिणकाली नगरपालिका- ८ केराबारी भन्ने ठाउँको अप्ठ्यारो भिरमा कालो जिन्सको पाइन्ट र खैरो टिसर्ट लगाएको युवक तथा कालो जिन्स पाइन्ट, आकासे रंगको टिसर्ट लगाएको तथा रातो लेडिज ब्याग बोकेको अवस्थामा युवतीकाे शव फेला परेको थियो। 

स्थानीयले एकै ठाउँमा महिला र पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

स्थानीयकाे सूचनापछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएकाे अवस्थामा शव निकालेको थियो। 

‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान हामीले गरेका छौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘केही दिनअघि नै उनीहरु दुर्घटनामा परेका हुन सक्छन्।’

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको छ। अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .