ad ad

समाज


चाबहिलका एक पुरुषले आफूसहित परिवारका ५ जनालाई आगो लगाए, ३ जनाको अवस्था गम्भीर

चाबहिलका एक पुरुषले आफूसहित परिवारका ५ जनालाई आगो लगाए, ३ जनाको अवस्था गम्भीर

नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:४, काठमाडौँ

काठमाडौँ चाबहिलका एक पुरुषले आफूसहित परिवारका पाँच जनालाई आगो लगाएका छन्। आगाेले जलेका पाँचमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार गएराति पौने १० बजे काठमाडौँ महानगरपालिका-७ चाबहिल सरस्वती नगरका ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफूसहित परिवारका पाँच जनालाई आगो लगाएका हुन्। 

आफ्नै तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहले पत्नीसँग झगडा परेपछि सुरुमा कोठामै पेट्रोल छर्किएर आफूलाई आगो लगाएका थिए। 

आगो निभाउने क्रममा परिवारका अन्य चार जना घाइते भएका प्रहरीले जनाएको छ।

‘अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा गर्नेक्रममा उनले आफ्नै घरको कोठामा पेट्रोल छर्केर आगो लगाउँदा घटना भएको हो,’ एसपी अधिकारीले नेपालखबरसँग भने।

घटनामा चञ्चलबहादुर सिंह, उनकी पत्नी ४४  वर्षीया बिन्दु, २४ वर्षीया जेठी छोरी सुप्रिया, माइली छोरी १६ वर्षीया समृद्धि र कान्छी छोरी ८ वर्षीया सुहानी घाइते भएका छन्। 

उनीहरुलाई सुरुमा चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पतालमा उपचार गरी थप उपचारको लागि राति नै कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ। 

घाइतेमध्ये जेठी छोरी सुप्रिया, माइली छोरी समृद्धि र कान्छी छोरी सुहानीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्।

सुप्रियाको शरीरको झण्डै ५५ प्रतिशत, समृद्धिको झण्डै ८५ प्रतिशत र कान्छी छोरी सुहानीको शरीरको झण्डै १५ प्रतिशत शरीर आगोले जलेको छ। घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भैरहेको एसपी अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .