ad ad

कारोबार


गौतम अदानीले गुमाए एकै दिन २५ अर्ब डलर, अम्बानीले कति?

गौतम अदानीले गुमाए एकै दिन २५ अर्ब डलर, अम्बानीले कति?

नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:१४, काठमाडौँ

भारतका धनाढ्यद्वय गौतम अदानी र मुकेश अम्बानीको सम्पत्तिमा ठूलो गिरावट आएको छ। 

लोकसभा चुनावको नतिजाले सेयरबजारमा चार वर्षयताकै ठूलो गिरावट आउँदा दुई अर्बपतिले सम्पत्तिमा अर्बौँ गिरावट भोग्नुपरेको हो। 

प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीले बहुमत गुमाउँदा सेयर लगानीकर्ता निराश भएका थिए। 

अदानी ग्रुपका प्रमुख गौतम अदानीको नेटवर्थ २४.९ अर्ब डलरले घटेको हो। उनको बुधबार कुल सम्पत्ति ९७.५ अर्ब डलर रहेको ब्लुमबर्ग अर्बपति सूचकांकले देखाएको छ। 

उनी अहिले अर्बपति वरीयतामा १५औँ स्थानामा छन् भने भारतमा मुकेश अम्बानीपछि दोस्रो धनीमा छन्। 

अदानी ग्रुपको सेयर मंगलबार १८ प्रतिशतसम्मले घटेको थियो। 

यता रिलायन्स ग्रुपका प्रमुख अम्बानीको पनि एकै दिन ८.९९ अर्ब अमेरिकी डलरले घटेको थिये। योसँगै उनको कुल सम्पत्ति १०६ अर्ब डलर छ भने उनी विश्व अर्बपति वरीयतामा ११औँ स्थानमा छन्। 

अहिले सबैभन्दा धनी अर्बपतिमा बर्नार्ड आर्नो छन्। उनको कुल सम्पत्ति २०७ अर्ब डलर छ। अमेजनका संस्थापक जेफ बेजोस २०२ अर्ब डलरसहित दोस्रो वरीयतामा छन्।

टेस्लाका संस्थापक इलोन मस्क २०१ अर्ब डलरसहित तेस्रो वरीयतामा हुँदा फेसबुकका संस्थापक मार्क जुकरबर्ग चौथो र गुगलका सहसंस्थापक ल्यारी पेज पाँचौँमा क्रमशः १७० अर्ब डलर र १५५ अर्ब डलर सम्पत्तिसहित छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .