समाज


सुनको लेपन गरिएको कपडासहित भारतीय नागरिक पक्राउ

सुनको लेपन गरिएको कपडासहित भारतीय नागरिक पक्राउ

नेपालखबर
जेठ २०, २०८१ आइतबार १८:२६, चितवन

भारतको मुम्बईबाट काठमाडौं आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ परेका छन्।

आइतबार अन्दाजी २ बजे मुम्बईबाट काठमाडौं आगमन भएका वर्ष २७ को गुल्शन पाण्डे ५९८ ग्राम सुनसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार विमानस्थलको आगमन टनेल गेट (वेलकम गेट) बाट उनलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा उनको भित्री वस्‍त्र (अन्डरवेयर) अस्वभाविक देखिन आई एक्सरे मेशिन स्क्रिनिङ गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृती देखिनुका साथै सुन जस्तो देखिने पंहेलो रंगको लेपन/पेष्ट् गरिएको पाइएको थियो।

उक्त अन्डरवेयरलाई नाप तौल गर्दा अन्दाजी ५९८ ग्राम सुन पाइएकोले आवश्यक परीक्षण नाप तौल एवं कानूनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad