ad ad

ग्लोबल


के ट्रम्प जेल जान्छन्?

के ट्रम्प जेल जान्छन्?

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:४६,

नौ घण्टाभन्दा लामो विमर्शपछि न्युयोर्कमा एक जुरी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०१६ को चुनावअघि एक पोर्नस्टारलाई मुख बन्द राख्न पैसा तिरेको विषयमा दोषी ठहर गर्‍यो। उनी ३४ वटै कसुरमा दोषी पाइए।

यो फैसला आफैँमा ऐतिहासिक छ। किनभने इतिहासमै पहिलो पटक अमेरिकाका कुनै पूर्वराष्ट्रपति आपराधिक अभियोगमा दोषी ठहर भएका छन्। उनको सजाय जुलाई ११ मा तय हुनेछ।

आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार बन्न लागेका ट्रम्प जेल जालान् त भन्ने प्रश्न उब्जिएको छ।

सम्भवतः उनी जेल जाने छैनन्। ट्रम्पलाई ‘झुटो व्यावसायिक अभिलेख पेस गरेको’ अपराधमा दोषी ठहर गरिएको हो। न्युयोर्क राज्यमा यसलाई सबैभन्दा सानो स्तरको अपराध मानिन्छ। यसका लागि अधिकतम ४ वर्षको जेल सजाय हुनसक्छ। 

त्यसमा पनि पहिलो पटक यस्तो अहिंसात्मक अपराध गर्नेहरुलाई जेल सजाय दिइँदैन। खासगरी ७७ वर्षीय ट्रम्प जेल जाने सम्भावना अत्यन्त कम छ।

उनीविरुद्ध मुद्दा दायर गर्ने म्यानहटन जिल्लाका न्यायाधिवक्ता एल्विन ब्य्रागले उनलाई जेल सजाय माग गर्ने विषयमा बोल्न आनाकानी गरे।

बरु, उनीमाथि निगरानी तथा जरिवाना भने हुन सक्छ। न्यायाधीश जुआन मर्चेनले यसको निर्णय गर्नेछन्।

यो फैसलाले उनलाई चुनाव लड्न भने रोक्ने छैन।

यसविरुद्ध उनले पुनरावेदन पनि गर्न सक्नेछन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .