ad ad

समाज


अब सार्वजनिक शौचालयमा शुल्क उठाए काठमाडौँ महानगरले कारबाही गर्ने

अब सार्वजनिक शौचालयमा शुल्क उठाए काठमाडौँ महानगरले कारबाही गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ११:३३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचायल प्रयोग गरेवापत शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ। 

महानगरपालिकाले आज (शुक्रबार) सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिन आग्रह गरेको हो। 

‘निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शिुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साँझेदारी इकाईंमा लिखित प्रस्ताव पेस गर्न अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ।

तोकिएको समयावधिपश्चात महानगरपालिका क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क रुपमा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ। 

‘सूचना विपरित सार्वजनिक शौचालयको प्रयोगवापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ,’ महानगरको सूचनामा भनिएको छ, ‘कुनै सरकारी निकाय, गैर सरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा वाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमासमेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .