ad ad

बागमती


कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ, ८ अर्ब अपचलन गरेको आरोप

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ, ८ अर्ब अपचलन गरेको आरोप

सीबी लामा। फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ११:३७, काठमाडौँ

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका पूर्वअध्यक्ष तथा पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष सीबी लामा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनस्थित सिमाबाट पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। 

‘उनलाई भारतीय सीमा नजिकैबाट पक्राउ गरिएको हो। अहिले काठमाडौँ ल्याउँदै छ टोलीले’, एसएसपी भट्टराईले नेपालखबरसँग भने। 

उनले दुई सहकारीको झन्डै ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ। 

कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब अपचलन गरेको आरोपमा जाहेरी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .