ad ad

समाज


काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा युवतीको मृत्यु, पाँचजना घाइते

काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा युवतीको मृत्यु, पाँचजना घाइते

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:४५, काठमाडौँ

काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

घाइते तोलाङ्गीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालल महाराजगञ्जमा राखिएको छ।

दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तमाङ,  २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी घाइते भएका छन्। उनीहरूको जरङखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .