ad ad

समाज


निर्मल पुर्जा भन्छन्- सगरमाथामा घृणित राजनीति भयो, डोरी नै काटियो

निर्मल पुर्जा भन्छन्- सगरमाथामा घृणित राजनीति भयो, डोरी नै काटियो

डोरी काटिएको घटनाबारे आरोहणकै क्रममा जानकारी लिँदै निर्मल पूर्जा


नेपालखबर
जेठ १३, २०८१ आइतबार १८:३, काठमाडौँ

सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटेर आरोहीलाई जोखिममा पारेको भन्दै विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाले आक्रोश व्यक्त गरेका छन्।

सफा हिमाल अभियानअन्तर्गत सगरमाथातर्फ गइरहेको टोली डोरी नपाएर माथि चढ्न नपाएको उनले बताएका छन्।

सगरमाथा क्षेत्रबाट फेसबुकमा एक भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘हिमाल आरोहणका क्रममा यहाँ फोहोर र घृणित राजनीति हुने गरेको छ। अहिलेसम्म चुप लागियो। अब बोल्नैपर्ने भयो।’ 

उनले सन् २०१९ देखि नै यस्तो राजनीति भइरहेको भन्दै सगरमाथा जाने बाटोमा पर्ने एक स्थानमा रहेको शव तान्ने प्रयास गर्दा यस्तो कार्य भएको बताएका छन्। 

यद्यपि कसले र किन यस्तो गरेको भन्ने उनले खुलाएका छैनन्।

सफा हिमाल अभियानमा नेपाली सेनासमेत सहभागी छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने यसबारे कुनै जानकारी प्राप्त नभएको बताए।  

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .