आइतबारसम्मको तथ्यांकअनुसार इटालीमा कोरोनाले दुई व्यक्तिको मृत्यु भइसकेको छ भने संक्रमतिको संख्या बढेर ७९ जना पुगेको छ।
कोरोना धेरै व्यक्तिमा सर्न थालेपछि इटालीको उत्तरी क्षेत्र लोमबार्डी र भेनेतोका २४ भन्दा बढी शहरहरु ठप्प पारिएको बीबीसीले जनाएको छन्।
त्यस शहरहरुमा बस्ने ५० हजार मानिसले अब क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने त्यहाँको सरकारले जनाएको छ।
इटालीका प्रधानमन्त्री ग्युसिप्पे कोन्टेले शनिबार आपतकालीन अवस्था घोषणा गर्दै क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने स्थानका मानिसलाई प्रशासनलाई नसोधी घरबाट निस्कन नपाउने बताएका छन्।
उक्त क्षेत्रका विद्यालय तथा खेलकुद गतिविधि पनि ठप्प हुनेछन्। साथै प्रतिष्ठित फुटबल खेल सिरि ए पनि आइतबार ठप्प पारिएको बताइएको छ।

प्रधानमन्त्री कोन्टे सरकारी अधिकारीसँग
Shares

प्रतिक्रिया