समाज


कोरियामा कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर बढेर ४३३ पुग्यो

कोरियामा कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर बढेर ४३३ पुग्यो

नेपालखबर
फागुन १०, २०७६ शनिबार ११:२,

 दक्षिण कोरियाले आफ्नो देशमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दोब्बर भएको जनाएको छ।

कोरियाका सहायक स्वास्थ्यमन्त्री किम गाङ लिपका अनुसारले शुक्रबार २२९ जना संक्रमित देखिएकोमा शनिबार त्यो संख्या बढेर ४३३ पुगेको जनाएका छन्। उनले कोरियामा कोरोना भाइरस गम्भीर चरणमा पुगेको जनाएका छन्।

हालसम्म कोरियामा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ। त्यहाँ मृतकको संख्या बढ्नसक्ने भय देखिएको छ।

दक्षिणपूर्वी शहर धेगुको अस्पताल र धार्मिक समूहहरुमा धेरै संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। धेगु र अर्को नजिकैको शहर चेङ्गदोमा विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ।

शुक्रबार एकै दिन सय जनाभन्दा बढीमा कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री चुङ से–क्युनले आपतकालीन अवस्था निम्तिएको बताएका थिए। त्यो संख्या शनिबार दोब्बरले बढेको हो।

शुक्रबार कोरोनाबाट कोरियामा दोस्रो व्यक्तिको मृत्यु भएको थियो।

दक्षिण कोरियाली अधिकारीहरुले कोरियामा कोरोना भेटिएको पहिलो स्थान चेओङ्दो क्षेत्र भएको अनुमान गरेका छन्। जनवरी ३१ देखि फेब्रुअरी २ मा त्यहाँ क्रिश्चियन धार्मिक भक्तजनहरुले एक अत्येष्टीमा भाग लिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad