ad ad

समाज


बालेनको आक्रोश : भ्रष्टलाई समाउन नसकेको सरकारले फोहोर बोक्ने ४ चालक समाएछ

बालेनको आक्रोश : भ्रष्टलाई समाउन नसकेको सरकारले फोहोर बोक्ने ४ चालक समाएछ

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८१ सोमबार १८:२१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चारजना चालकलाई पक्राउ गरेको भन्दै संघीय सरकारप्रति आक्रोश पोखेका छन्।

उनले ती चालक ससम्मान रिहा नभएसम्म सिंहदरबार, सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन्।
उनले चालक पक्राउको थप विवरण खुलाएका छैनन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन। कोको जुध्न आउने हो, आए हुन्छ। कसैलाई बाँकी छोडिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .