ad ad

ग्लोबल


भारतमा नाबालिगलाई सामूहिक बलात्कार गरी जिउँदै जलाउने २ जनाविरुद्ध फाँसीको फैसला

पीडितकी आमाले भनिन्- बल्ल न्याय पाएँ
भारतमा नाबालिगलाई सामूहिक बलात्कार गरी जिउँदै जलाउने २ जनाविरुद्ध फाँसीको फैसला

घटनास्थल


नेपालखबर
जेठ ७, २०८१ सोमबार १८:५५, काठमाडौँ

भारतीय प्रान्त राजस्थानको भिलवाडा जिल्लाको कोटडीमा एक नाबालिगलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएको मुद्दामा सोमबार अदालतले फाँसीको सजाय सुनाएको छ।

उक्त अपराधमा दोषी ठहर दुई जनालाई भिलवाडाको पोक्सो अदालत–२ ले मृत्युदण्डको सजाय सुनाएको हो। 

बीबीसी हिन्दीका अनुसार २०२३ अगस्ट २ मा भएको यो घटनापछि प्रहरीले अनुसन्धान गरी नौ जनालाई पक्राउ गरेको थियो। तर तीमध्ये गत शनिबार अदालतले सात जनालाई सफाइ दिएको थियो भने कालु र कान्हालाई दोषी ठहर गरेको थियो।

ती दुई दोषीविरुद्ध अदालतले सोमबार फाँसीको फैसला गरेको हो।

दुवै दोषीलाई मृत्युदण्डको सजाय सुनाइएपछि मृतक नाबालिकाकी आमाले अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अब न्याय पाएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .