न्याय परिषद्को सिफारिसमा बर्खास्त भएका उच्च अदालतका न्यायाधीश नवराज थपलिया पुनर्बहालीको माग लिएर सर्वोच्च अदालत पुगेका छन्।
उनको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ।
न्याय परिषद्को गत फागुन १३ गतेको बैठकले न्यायाधीश थपलियालाई खराब आचरणको आरोपमा बर्खास्तगीका लागि सिफारिस गरेको थियो। तत्कालै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई बर्खास्त गरेका थिए।
न्याय परिषद् र प्रधानन्यायाधीशको निर्णय अन्यायपूर्ण भन्दै थपलियाले सर्वोच्चमा रिट दायर गरेका हुन्।
जेठ २ गते दर्ता भएको रिटमा ३ र ४ गते पेसी तोकिएको भए पनि सुनुवाइ भएको थिएन।
थपलिया पछिल्लोपल्ट उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। न्याय परिषद्ले कारबाही अघि बढाएपछि उनलाई परिषद्मा हाजिर गर्ने गरी झिकाइएको थियो।
न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त
‘सेटिङ’ थियो प्रधानन्यायाधीश बन्ने, बिचौलिया बन्दा उच्चबाटै गए थपलिया
यी हुन् चोलेन्द्रका नाममा ‘घूस उठाउने’ न्यायाधीश
Shares

प्रतिक्रिया